संजय दत्तको टक्कर सिधै मोदीसँग !
त्रिशुलीखबर
March 23, 2019


भारत । भारतमा लोकसभा निर्वाचन नजिकिँदै गर्दा अभिनेता संजय दत्त चुनावी मैदानमा देखिने भएका छन् । दत्त परिवार राजनीतिक पृष्ठभूमिका हुन् । उनका पिता सुनील दत्त, आमा नरगिस र बहिनी प्रिया दत्त पनि राजनीतिमा नै छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यदी अब संजय दत्त मैदानमा आए भने उनको परिवारमा निर्वाचनमा उत्रने उनी चौथो सदस्य हुनेछन् । संजय सन् २००९ मा समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उत्तर प्रदेशमा राजनीतिकरुपमा समाजवादी पार्टीलाई बलियो प्रतियोगीको रुपमा हेरिन्छ ।

उत्तर प्रदेशबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीलाई हराउन यो रणनीति तयार भएको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुको दावा छ । उनलाई पार्टीमा महासचिवको पद दिइएको थियो ।

विशेष स्रोतलाई उधृत गर्दै जनाए अनुसार दत्तलाई लखनउबाट उठाउने तयारी भइरहेको छ ।

यसअघि उनलाई मुम्बईमा भएको आतंककारी हमलामा संलग्न भएको भन्दै अदालतले जेल सजाय सुनाएको थियो । अहिले उनले अदालतद्धारा तोकिएको सजाय पुरा गरिसकेका छन् ।

टिप्पणी लेख्नुहोस्