लोकसभा चुनावमा भोट दिए, १० लिटर रक्सी दिने घोषणा
त्रिशुलीखबर
March 23, 2019


भारत, तमिलनाडु । भारतमा हुन लागेको लोकसभा चुनावले यति बेला विश्वको ध्यान खिचेको छ । विश्वको ठूलो लोकतान्तिक मुलुक यतिबेला चुनावमय भएको छ । देशमा चुनाव आउने भन्ने बितिकै जनतामा विभिन्न आश्वासन बाड्ने प्रचलन छ । साम, दाम, दण्ड, भेदको हतियार प्रयोग हुने गर्छ ।

त्यही आकर्षण देखाउने क्रममा भारतको तामिलनाडु राज्यको तर्फबाट लोकसभा उम्मेदवार बनेका एक नेताले आफूले चुनाव जिते घरघरमा १० लिटर रक्सी सितैमा पुर्‍याइदिने प्रतिबद्धता मतदातामाझ जाहेर गरेका छन् । स्वतन्त्र उम्मेदवार बनेका शेख दाउदले सो घोषणा गरेका हुन् ।

उनले आफुलाई चुनावमा विजयी गराउने जनताका घरघरमा १० लिटर रक्सी सित्तैमा पुर्‍याइदिने बताएपछि यो कुराले चर्चा पाएको हो । घोषणापत्रमा अन्य १५ बुँदा पनि छन् । त्यसमध्ये खास घोषणामा भने प्रत्येक महिलालाई भारु २५ हजार रुपैयाँ दिने तथा परिवारका एक सदस्यलाई जागिर दिने र प्रत्येक युवतीको विवाहमा १० वटा सुनको सिक्का र १० लाख रुपैयाँ दिने समेत घोषणा गरेका छन् ।

टिप्पणी लेख्नुहोस्