समाज सेवा गर्दै फिल्मको प्रचार–प्रसार
त्रिशुलीखबर
March 24, 2019


काठमाडौं । समाज सेवा गर्दै फिल्मको प्रचार–प्रसार थालिएको छ । ‘लभ स्टेशन’ टिमले फिल्म प्रचारको यो शैली अपनाएको हो ।

प्रदर्शनको संघारमा रहेको फिल्मको निर्माण टिम अहिले आर्थिक सहयोग गर्न सक्रिय देखिन्छ ।

हालै फिल्मका निर्माता गोविन्द शाही, अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले करेन्टबाट दुई हात गुमाएकी मेघा घिमिरेलाई १ लाख नगद सहयोग प्रदान गरेका थिए ।

अहिले भने यही टिमले ४५ जना अनाथ बालिबालिकालाई नीजि विद्यालयमा पढाउन लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन् । गोकर्णस्थित संयुक्त एकता अपाङ्ग आवाज केन्द्रमा आश्रित बालबालिकालाई टिमले सहयोग गरेको हो ।

‘लभ स्टेशन’ लभ स्टोरीमा बनेको फिल्म हो । यो फिल्म चैत २२ गते प्रदर्शनमा आउने छ ।

टिप्पणी लेख्नुहोस्