‘लभ फीभर’ दर्शक समक्ष आउने (टिजरसहित)
त्रिशुलीखबर
March 24, 2019


काठमाडौं । पछिल्लो समय सानादेखि ठूला वेव सिरिजसम्मले सामाजिक सञ्जाललगायत युट्युब प्रयोगकर्ताको मन लोभ्याउन सफल भएको छ । वेव सिरिजमा दर्शकको रुची बढेसँगै यसको निर्माणमा पनि तिव्रता आएको छ । यसै पृष्ठभूमिमा नयाँ सिरिज ‘लभ फीभर’ दर्शक समक्ष आउने भएको छ ।

यसका निर्देशक– ‘कसले चोर्यो मेरो मन, हमेशा, काली, किङ्ग, तथास्तु, बाँध मायाँले, आधी बाटो, इशारा, के म तिम्रो साथी बन्नसक्छु’ जस्ता सफल चलचित्र दिइसकेका सविर श्रेष्ठ हुन् । निर्देशक श्रेष्ठ भन्छन्, ‘टेलिभिजनमा देखिने श्रृंखलाकै एक स्वरूप हो वेव सिरिज । हामी लभ फिभरलाई सामाजिक सञ्जाललगायत युट्युबमार्फत् प्रदर्शन गर्ने छाैं । प्रविधिले ल्याएको विकासको सदुपयोग गर्दै दर्शकको रूचीमाथि हामी लभ फिभर निर्माण गर्नेछाैं ।’

निर्देशक– सविर श्रेष्ठ


शुक्रबार श्रेष्ठले निर्देशन गर्ने ‘लभ फीवर’ नामक टिजर सार्वजनिक गरिएको छ । ठूलो टिमले निर्माण गरेको हुँदा सिरिज निकै प्रतिक्षित बनिरहेको छ । सिरिजलाई फिल्म निर्माता रमेश एमके पौडेल र एमीली लामाले लगानी गरेका छन् ।

निर्माता पौडेल रुद्रप्रिया, राज्जा रानी जस्ता फिल्म निर्माण गरिसकेका व्यक्ति हुन् ।

लभ फीभर सिरिजमा रिया क्षेत्री, सचिन अधिकारी, प्रकाश बुढाथोकी, आयुष्मा भट्ट, सुजना ढकाल, पवन श्रेष्ठको अभिनय रहेको छ । यसको लेखन सुमन योञ्जनले गरेका छन् भने शिव ढकालले छायाङ्कन गरेका छन् । चन्दन दत्तको सम्पादन रहेको सिरिजलाई ‘बोधी एचडी च्यानल’ले बजारमा ल्याउने छ ।

टिप्पणी लेख्नुहोस्