प्रतिबन्धित नेकपालाई आर्थिक तथा भौतिक सहयोग गरे सरकारले कारबाही गर्ने
त्रिशुलीखबर
March 24, 2019


काठमाडौं, चैत १० । सरकारले प्रतिबन्धित नेकपालाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरुलाई कारबाही गर्ने बताएको छ । जबरजस्ती आर्थिक सहयोग मागे तत्काल प्रहरीलाई खबर गर्न पनि गृह मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले २८ फागुनमा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्रतिबन्ध लगाएको दुई साता वित्न नपाउँदै उसका शीर्ष नेता मध्येका एक हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित ८ जना काभ्रेबाट पक्राउ परेका थिए ।

त्यसको भोलिपल्ट आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विप्लव समूहको आपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न र सहयोग गर्ने व्यक्ति, संस्था वा समूहलाई समेत प्रचलित कानुनअनुसार कारबाही हुने प्रष्ट पारेको छ ।

‘यस्ता समूहहरुलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवम् त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिनु हुन अनुरोध छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

 

 

 

टिप्पणी लेख्नुहोस्