१० लाख धरौटी तिरेर थुनामुक्त भए तत्कालीन एसपी बिष्ट
त्रिशुलीखबर
March 24, 2019


काठमाडौं, चैत १० । कञ्चनपुर जिल्ला अदालतले तोकेको १० लाख रुपैयाँ धरौटी तिरेर तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट आइतबार थुनामुक्त भएका छन् ।

कञ्चनपुर जिल्ला अदालतले प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई यातना दिएको अभियोगमा साढे १० लाख रुपैयाँ धरौटी रकम तिर्न एसपी बिष्टलाई आइतबार आदेश गरेको थियो । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले दिलीपसिंह बिष्टका दाइ खडक बिष्टले दिएको यातनाविरुद्धको मुद्दामा ६ लाख रुपैयाँ धरौटी र निर्मलाकी आमा दुर्गादेवी पन्तले दिएको प्रमाण नष्टको मुद्दामा ४ लाख ५० हजार रुपैयाँ धरौटी बुझाउन एसपी भट्टलाई आदेश दिएको थियो।

प्रमाण नष्ट गरेको अभियोगमा आठजना प्रहरी अधिकारीविरुद्ध मुद्दा परेमध्ये ६ जना यसअघि नै धरौटीमा छुटिसकेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसी भने कञ्चनपुर जिल्ला अदालतमा अझै हाजिर भएका छैनन् । उनले समय सिद्धिनु पहिले नै अदालतमा उपस्थित हुने बताएका छन्।

टिप्पणी लेख्नुहोस्