रेस्टुरेन्टबाट विदेशीसहित ५८ जना पक्राउ
त्रिशुलीखबर
March 25, 2019


काठमाडौं, चैत ११ । प्रहरीले पोखराको एक रेस्टुरेन्टबाट विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको छ ।

लेकसाइडमा सञ्चालित रेस्टुरेन्टमा आयोजित टान्सपार्टीमा होहल्ला भएपछि प्रहरीले आइतबार राति उनीहरुलाई पक्रेको हो ।

वडा प्रहरी कार्यालय, वैदामका प्रमुख डीएसपी कोमल साहले ठूलो आवाजमा गीत बजाएर होहल्ला गरेपछि विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन ।

नियन्त्रणमा लिइएका २८ विदेशीलाई भने छाडिसकिएको साहले बताएका छन । होहल्ला गर्नमा विदेशीको संलग्नता नभेटिएपछि छाडिएको जानकारी उनले दिएका छन ।
बाँकी युवाको समूहलाई बैदाम प्रहरी पोस्टमा राखेर अनुसन्धान भइरहेको साहले बताएका छन ।

प्रहरीले रेस्टुरेन्टबाट ठूलो मात्रामा लागू औषधसमेत बरामद गरेको छ ।

टिप्पणी लेख्नुहोस्