लक्ष्मीमा आधारित दीपिका पादुकोणको लुक्स
त्रिशुलीखबर
March 25, 2019


एजेन्सी । बलिउडमा ‘छपाक’ नामक सिनेमा बन्ने भएको छ । यो सिनेमामा प्रमुख भूमिकामा दीपिका पादुकोण देखिदैंछिन् । सिनेमामा पादुकोण मालती नामक पात्रमा देखिनेछिन् ।

एसिड आक्रमणबाट बचेकी एक युवतीको वास्तविक जीवनमा आधारित रहेर सिनेमा बन्ने निर्माण पक्षले बताएको छ ।

सिनेमा लक्ष्मी अग्रवाल नामक एक युवतीको जीवनीमा आधारित हो । उनलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर विवाह गर्न नमानेको भन्दै एसिड प्रहार गरेका थिए ।

सोही सिनेमाको फस्ट लुक सार्वजनिक भएको छ । दीपिकाले ट्वीटरबाट आफ्नो लुक सार्वजनिक गरेकी छन् ।

मेघना गुल्जारको निर्देशनमा बन्ने सिनेमा आगामी वर्ष जनवरी १० मा रिलिज हुनेछ ।

सो घटनापछि उनी एसिड हिंसाविरूद्धको अभियानकर्ता बनेकी छन् । हाल सिनेमाको सुटिङ दिल्लीमा भइरहेको छ ।

टिप्पणी लेख्नुहोस्