‘सम्भोग कर’ लिने कि नलिने ?
त्रिशुलीखबर
March 25, 2019


एजेन्सी । तपाईलाई यो कुरा सुन्दा केही अच्चम लाग्सक्छ ! तर, एक समय थियो जब यस्तो अनौंठो कुराहरुमा विशिष्ट कर संसारमा लगाईयो । जुन आज पनि केही देशमा लागू भइरहेको छ ।

यद्यपि यस्तो केही करको बारेमा सुन्दा जो कोहीलाई अच्चम लाग्छ, त्यो हो ‘सम्भोग कर ।’

चिन्ता नगर्नुहोला यस्तो कर नेपालमा भने लगाइएको छैन, यद्यपी लगाउनु पर्छ भन्ने आवाज चाहीँ सुनिन थालेको छ । नेपालमा थुप्रै अवैध वेश्यालयहरू छन् भनेर मानिन्छ । भलै, राज्यले यसलाई कानुनी मान्यता दिइसकेको छैन । तर, कानुनी मान्यता चाहिने बरू सम्भोग कर तिर्न तैयार रहेको भनाई बेलाबेला चर्चामा आइरहन्छ । यसबाट राज्यको आम्दानी पनि हुने जानकारहरूको भनाई छ ।

‘सम्भोग कर’ नेपालमा नलिएता पनि केही देशहरूमा प्रचलनमा छ ।

सम्भोग कर अर्थात् यौन सम्पर्क गर्दा तिनुपर्ने राजश्व । अहिले जर्मनीमा यो प्रचलनमा छ । तपाईलाई सायद यो कुरा जानकारी नहुन पनि सक्छ कि जर्मनीमा सम्भोग कानुनलाई लागु गरिएसँगै वेश्यावृत्तिलाई पनि कानूनी मान्यता दिइएको थियो । यो कानुन सन् २००४ मा बनाइएको थियो । यस कानुनअनुसार पैसा लिएर सम्भोगकार्य गर्नेका लागि प्रति महिना १५० यूरो अर्थात् १९२९४ नेपाली रुपैँया तिर्नुपर्छ ।

राज्यले सम्भोग करको कारण एक वर्षमा १० लाख यूरो अर्थात् नेपाली रूपैँया १२ करोड ८६ लाखभन्दा बढी आम्दानी गरिरहेको एजेन्सीले लेखेको छ ।

टिप्पणी लेख्नुहोस्