यो कस्तो दुर्घटना ! साइकल उस्तै, कार कच्याककुचुक
त्रिशुलीखबर
March 25, 2019


चीन । सडक दुर्घटना हुनु संयोग हो । यस अवस्थामा कुनै पनि सवारी अन्य सवारीसँग ठोकिन सक्छ वा कारसँग साइकल ठोक्किनु पनि नयाँ कुरा भएन । हामीले सहज अनुमान लगाउन सक्छाैं कि कारसँग साइकल ठोकिए साइकल नै कच्याककुचुक हुनेछ । यस्तो भए यो पनि नौलो कुरा हुँदैन । तर, जब साइकलसँग कार ठोक्किछ र कार चाहीँ कच्याककुचुक हुन्छ तब यो कुरा आश्चर्यको विषय बन्छ ।

यस्तै रोचक विषय बन्न पुगेको छ हाम्रो छिमेकी राष्ट्र चीनमा । एउटा साइकल कारसँग ठोकियो र साइकलमा कुनै क्षति पुगेन तर कारको अगाडिको बनोट पूर्णरुपमा क्षतिग्रस्त बन्यो ।

यो तस्वीर सोसल मिडियामा भाइरल बनेको छ । चीनको सेन्जेन शहरमा भएको यो घटनामा कारलाई कुच्याइदिने साइकलको धेरैले प्रशंसा गरेका छन् ।

त्यस्तो बलियो साइकलको बारेमा जान्न मानिसहरु उत्सुक भए । घटनाको भिडियो समेत बाहिरिएपछि मानिसहरुले कार कम्पनीको मजाक उडाए ।

कतिपयले त्यो फोटो तथा भिडियो नक्कली भएको प्रतिक्रिया पनि दिए । तर, स्थानीय पुलिसले यो घटना वास्तविक भएको पुष्टि गरिदिए ।

यसको पिपुल्स डेली चाइनाले तस्वीर सहितको समाचार छापेको थियो । साइकलमा कुनै क्षति नभएको सो दुर्घटनामा चालक भने सामान्य घाइते भएका छन् । उता, कारको अगाडिको भाग नराम्रोसँग क्षतिग्रस्त भएपनि कारका यात्रारत मानिसहरू भने सुरक्षित छन् ।

–पिपुल्स डेली चाइनाको सहयोगमा

टिप्पणी लेख्नुहोस्