दक्षिणकालीबाट आउँदै गरेको बस दुर्घटना, ३५ घाइते
त्रिशुलीखबर
March 26, 2019


काठमाडौं, चैत १२ । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ । ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान ६ः३० बजे चाल्नाखेल नजिकै दुर्घटना हुँदा ३५ जान घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरी कार्यालय, फर्पिङका अनुसार, घाइतेहरूलाई उपचारका लागि मनमोहन र वयोधा अस्पताल पठाइएको छ ।

दुर्घटना के कारणले भएको हो भन्ने खुलेको छैन । बस चालक फरार रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्