काठमाडौंका सडक आजदेखि सफा हुँदै,नयाँ ब्रुमर सञ्चालनमा
त्रिशुलीखबर
March 26, 2019


काठमाडौं, चैत १२ । काठमाडौंका सडक आजदेखि सफा हुने भएका छन् । काठमाडौं महानगरपालिकाले नयाँ ब्रुमर (यान्त्रिक कुचो)द्वारा सडक सफा गर्ने भएको हो ।

एक साताअघि इटालीबाट काठमाडौं आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रस्तावित ५ वटा रुटमा प्रयोग गर्ने गरी ब्रुमरको उद्घााटन गर्न लागेको बताएका छन् ।

गत असारमा गरिएको बोलपत्रका आधारमा महानगरपालिकाले ५ वटा इटालियन ब्रुमर भित्र्याएको छ ।

महानगरपालिकाले झण्डै ११ करोड खर्चिएर ल्याएको ब्रुमरले टेकु केन्द्र बनाएर ५ वटा रुटमार्फत रिंगरोडभित्र सफा गर्ने भएको छ ।

चार वटा ब्रुमर १६ टन क्षमता बराबरका र एउटा एउटा ६ टन क्षमताको छ ।

कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपा, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, एयरर्पोट, पुतलीसडक, सिंहदरबाबर, हात्तिसार, दरबमरामर्ग, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनांगल, बसन्तपुर, मध्यबानेश्वर, भद्रकालीलगायतका क्षेत्रका सडकमा यिनको प्रयोग गरिनेछ ।

यूरो ४ स्टान्डर्डका यी ब्रुमरहरुमा दुई ट्यांकीहरु पानी र धुलोका छन । धुलो टिपेपछि पानी पनि छर्किन मिल्ने । एक दिनमा १० किलोमिटरसम्मको धूलो सफा गर्न सक्ने क्षमका छन् । ब्रुमरको अगाडि, बीचमा र पछाडि दायाँबायाँ धूलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएका छन् ।

काठमाडौं महानगरपालिकाको जिम्मामा कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र परेका छन् ।

यसअघि सडक विभाग र महानगरपालिकाको आपसी समन्वयमा दुई ब्रुमरले सडक सफा गरिँदै आएका थिए ।

टिप्पणी लेख्नुहोस्