कांग्रेसका नेता सिटौला अस्पतालबाट ‘डिस्चार्ज’
त्रिशुलीखबर
March 26, 2019


काठमाडौं, चैत १२ । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । काठमाडौँको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला मंगलबार घर फर्केको उनका सहयोगी प्रेम भट्टराईले जानकारी दिएका छन ।

शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो ।

नेता सिटौलालाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो ।

टिप्पणी लेख्नुहोस्