उर्जामन्त्री पुन र बङगलादेशी राजदूतबीच द्धिपक्षिय हितका विषयमा छलफल
त्रिशुलीखबर
March 26, 2019


काठमाडौं, चैत १२ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागी बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएका छन ।

भेटमा मन्त्री पुनले बङगलादेशी राजदूतबीच नेपाल र बङगलादेशको विचमा भएका सहमती र सहकार्यका बारेमा समेत छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री पुनले बङगलादेशमा केही समय अघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल ईच्छुक रहेको धारणा व्यक्त गरेका छन ।

भेटमा बङगलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङगलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारी समेत दिएकी छन । उनले उर्जा क्षेत्रमा लगानीका लागी बङगलादेश सरकार ईच्छुक रहेको बताएकी छन ।

टिप्पणी लेख्नुहोस्