सेनाको क्याम्प अगाडी ठूलो परिमाणमा लागूऔषध भेटियो
त्रिशुलीखबर
March 26, 2019


सुनसरी । इटहरी उप–महानगरपालिका ४ मा अवस्थित सेनाको क्याम्प नजिकबाट प्रहरीले लागूऔषध कारोबारमा संलग्न १ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषधसहित मोरङ बबीयाविर्ता –६ घर भई हाल ईटहरी उप–महानगरपालिका २ डेरा गरी बस्ने वर्ष ३१ को जितेन्द्र राजवंशीलाई पक्राउ गरेको हो ।

सोमवार राती ८ बजे राजवंशीको कोठामा खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध नाइट्रोसन ट्याब्लेट १ हजार ८ सय चक्की, Tricare ५ हजार ८ सय ५३ क्याप्सुल, स्वासपेन ८ सय ५० ट्याब्लेट, स्पास्मोप्रोक्सिभोन ट्याब्लेट ५ सय ८५ क्याप्सुल र ऋत्श् ७४ ट्याव्लेट बरामद गरेको प्रहरीले बताएको छ ।

बरामद लागूऔषधसहित पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणी लेख्नुहोस्