आलियाले सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड हात पारेपछि किन मागिन् दीपिकाले माफी
त्रिशुलीखबर
March 26, 2019


भारत । फिल्मफेयर अवार्ड कार्यक्रममा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलिया भट्टले हात पारेकी छिन् । भट्टले अवार्ड पाएपछि दीपिका पादुकोणले आफ्ना फ्यानसँग माफी मागेकी छिन् ।

मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पादुकोणले अवार्ड नमिलेको प्रति दुःख व्यक्त गरेकी हुन् । पछिल्लो समय रिलिज भएको फिल्म ‘पद्मावत’ बाट उनलाई सर्वोकृष्ट अभिनेत्रीको अवार्ड हात पर्न सक्ने अनुमान फेल भएपछि उनले आफ्ना फ्यानहरू समक्ष माफी मागेकी हुन् ।

दीपिकालाई सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड नदिएको भन्दै उनका फ्यानहरुले सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन् । पादुकोणका फ्यानहरुले आयुष्मान खुराना र रणबीर कपूरलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड दिइँदा दीपिकालाई सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड नदिइनु पक्षपात भएको बताएका छन् ।

टिप्पणी लेख्नुहोस्