अर्थ मन्त्रालयका सहसचिव भण्डारी सचिवमा बढुवा
त्रिशुलीखबर
March 27, 2019


काठमाडौं, चैत १३ । अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषद् बैठकले सहसचिव भण्डारीलाई सचिवमा बढुवा गरेको हो । बढुवासँगै उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएपछि थपलियाको स्थानमा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी भण्डारीलाई दिने तयारी भएको हो ।

थपलियाले प्रमुख निर्वाचन आयुक्त सिफारिस हुनुअघि सचिव पदबाट राजीनामा दिएका थिए ।

टिप्पणी लेख्नुहोस्