क्यानडा लैजान्छुभन्दै साढे ५ करोड ठगी
त्रिशुलीखबर
March 27, 2019


काठमाडौं, १२ चैत्र । गृह मन्त्रालयको बहालवाला सहसचिव बताउने एक व्यक्तिलाई साढे ५ करोड रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । रौतहट गौर– १ का ५७ वर्षीय सत्येन्द्र यादवले क्यानाडा लैजान्छु भन्दै ७० भन्दा बढी व्यक्तिसँग रकम ठगी गरेकाले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका पाँचपानेस्थित एक रिसोर्टबाट पक्राउ गरेको हो ।

यादवविरूद्ध प्रहरी परिसरमा ६ जनाले जाहेरी दिएको आधारमा पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले बताएका छन् । डिएसपी बोगटीका अनुसार यादवले ६ जनाबाट एक करोड ८४ लाख रुपैयाँ असुल गरेका छन् भने अन्यसँग असुल गरेको बारे सुधपुछ गरिनेछ ।

प्रतिव्यक्ति पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म असुल गरेको डिएसपी यादवले बताए । उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा राखिएको छ ।

अभियुक्तः सत्येन्द्र यादव

टिप्पणी लेख्नुहोस्