रानी मुखर्जीकाे ‘मर्दानी–२’ सीक्वल
त्रिशुलीखबर
March 27, 2019


भारत । बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जीको ‘मर्दानी–२’ को शुटिङ सुरू भएको छ । यशराज फिल्म्सले फिल्म निर्माणको घोषणा गरेको छ ।

मर्दानी (भाग १) २०१४ मा रिलिज भएको थियो । बाल तस्करीमा आधारित यो फिल्म सुपरहिट बनेको थियो । रानी अपराध शाखाकी वरिष्ठ निरीक्षक शिवानी शिवाजी रॉयको भूमिकामा थिइन् । यस फिल्मलाई प्रदीप सरकारले निर्देशन गरेका थिए ।

दर्शकको मन जित्न सफल भएकैले मर्दानी २ बनाउन लागिएको हो ।

मर्दानीमा रानी मुखर्जीले एक शाहसी पुलिसको भूमिका निभाएकी थिइन् । उक्त भूमिका बेजोड रहेको र यसको रिमेक बनाउन दर्शकले चाहना राखेको निर्माण टिमको दावा छ । ‘मर्दानी २’ मा पनि रानी आफ्नो नयाँ रोलको साथ बेजोड भूमिकामा आउने बताइएको छ । तर, उनको भूमिका र पात्रका बारेमा भने खुलाइसकेको छैन ।

मर्दानी फिल्मको सीक्वलका निर्माता आदित्य चोपड़ा हुन् भने गोपी पुथरनले निर्देशन गर्दैछन् । चोपडा रानीका श्रीमान् समेत हुन् ।

टिप्पणी लेख्नुहोस्