अमेरिकाको एक अस्पतालका ९ नर्स एकसाथ गर्भवती हुँदै
त्रिशुलीखबर
March 27, 2019


अमेरिका । अमेरिकाको एक अस्पतालका नर्सहरू डेलिभरी गराउने काममा जोडिएका छन् । सो अस्पतालले कार्यरत नर्समध्ये ९ नर्सहरुको फोटो शेयर गरेको छ र अहिले सो फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

फोटोः

अमेरिकास्थित मेने मेडिकल सेन्टरमा चाँडै ९ जना नर्सहरूले बच्चा जन्माउँदै छन् । प्रसव इकाइमा काम गरिरहेका यी नर्सहरू एकै समयमा गर्भवती हुने खबर बाहिर आएको छ ।

सिएनएनले दिएको रिपोर्टअनुसार अप्रिल र जुलाई महिनाको बीचमा ती नर्सहरूले बच्चा जन्माउने छन् । अस्पतालले बेबी बूम न्यूज घोषणा गर्नको लागि शोसल मिडियाको सहारा लिएको जनाएको छ । र, आमा बन्न तैयार नर्सहरूलाई बधाईसमेत दिएको छ ।

नर्स एरिन ग्रेनियरले सीएनएनका सहयोगी डब्लूएमटीडब्ल्यूलाई भने, ‘हामी सबै एकअर्कासँग आफ्नो प्रिग्नेसीको बारेमा बताइरहेका छौं । मलाई लाग्छ यो हरेक महिलालाई खुशी बनाउने झैं एक घटना हो र यसअवस्थामा हामी एकअर्कासँग साथमा छौं ।’ अस्पतालले बताएको छ कि, उनिहरू एकअर्कालाई साथ दिइरहेका छन् । प्रसव इकाइमा काम गर्ने ती नर्सहरू आमा बन्ने समयसम्म काम गर्ने पनि अस्पतालले बताएको छ ।

अर्का एक नर्सले भनिन्, ‘हामीलाई एक साथ काम गर्न रमाइलो लागिरहेको छ र अन्य गर्भवती महिलाहरूलाई देखेर खुशी पनि । हामी अस्पतालमा सेवा लिन आएका अन्य गर्भवती महिलाहरूसँग आफ्नो अवस्थाका बारेमा अनुभव साटिरहेका छौं । एकसाथ अनुभवहरू महशुस गरिरहेका छौं ।’

शोसल मिडियामार्फत अस्पतालले जारी गरेको सामुहिक फोटोमा भनिएको छ, ‘केही नयाँ पाहुनाहरू आउँदै छन् । हाम्रो ९ नर्सहरू जो यस तस्वीरमा ८ जना छन्, उनिहरू अप्रिल र जुलाईको बीचमा आमा बन्दैछन् । बधाई छ ।’

टिप्पणी लेख्नुहोस्