चर्चित अभिनेत्री उर्मिला काँग्रेसमा प्रवेश
त्रिशुलीखबर
March 27, 2019


काठमाडौं । छिमेकी मुलुक भारतमा लोकसभाको चुनाव नजिकिए सँगै सत्तारुढ र विपक्षी दलबीच खेलाडी र कलाकारलाई पार्टी प्रवेश गराउने होडबाजी चलेको छ । सत्तारुढ भारतीय जनता पार्टी भाजपासँगको होडबाजीबीच विपक्षी दल भारतीय काँग्रेसले अभिनेत्री उर्मिला मातोडकरलाई आफ्नो पार्टीमा प्रवेश गराएको छ ।

उर्मिला र राहुल गान्धी

बलिउडमा मनमोहक अभिनय गरेर दर्शकको मन जित्न सफल अभिनेत्री उर्मिलाले बुधबार दिल्ली पुगेर राजनीतिमा भाग्य परीक्षण गर्न काँग्रेसमा प्रवेश गरेकी हुन् । उनलाई काँग्रेस अध्यक्ष राहुल गान्धीले पार्टीमा स्वागत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अभिनेत्री उर्मिला काँग्रेसका तर्फबाट मुम्बई नर्थ सिटमा लोकसभा चुनाव २०१९ को प्रतिष्पर्धामा उत्रिन सक्ने अनुमान गरिएको छ । तर, काँग्रेस र उर्मिलाका तर्फबाट यसका बारेमा कुनै आधिकारिक धारणा सार्वजनिक भएको भने छैन ।

केही दिनअघि क्रिकेटको महाकुम्भ आईपीएल सुरु हुँदै गर्दा क्रिकेटर गौतम गाम्भिर सत्तारुढ भाजपामा प्रवेश गरेका थिए ।

टिप्पणी लेख्नुहोस्