प्रचण्ड राहतसहित हावाहुरी प्रभावित क्षेत्रमा जाने
त्रिशुलीखबर
April 2, 2019


काठमाडौं, चैत १९ : मंगलबार बिहान हवाई यात्रामार्फत प्रचण्ड हावाहुरी प्रभावित क्षेत्र प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएका छन् । हावाहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि अध्यक्ष प्रचण्ड राहतसहित त्यहाँ जान लागेका हुन् ।

अध्यक्ष प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे जानकारी लिने र पीडित परिवारसँग भेटघाट र राहतसमेत वितरण गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।

टिप्पणी लेख्नुहोस्