सर्वोच्च अदालतको रिक्त पदमा पाँच जनाको नाम सिफारिस को को परे सुचि सहित
त्रिशुलीखबर
April 2, 2019


काठमाडौं, चैत १९ : न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त पदमा पाँच जनाको नाम सिफारिस गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको परिषद् बैठकले सो निर्णय गरेको हो ।

परिषद्ले उच्च अदालत पाटन र सुर्खेतका मुख्य न्यायाधीश प्रकाश ढुङगाना र सुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायाधीवक्ता तथा अधिवक्ता हरिप्रसाद फुयाँल र अधिवक्ता डा मनोजकुमार शर्मालाई नियुक्त गरेको हो ।

सिफारिसमा परेका मध्ये मनोज शर्मा पूर्व प्रधानन्यायाधीश दामोदर शर्मामा भतिजा हुन् । यस्तै हरि फुयाँला पहिलेका महान्यायाधीवक्ता हुन् र उनी पश्चिमी दातृ निकाय तथा तत्कालीन एमाले नजिक मानिन्छन् ।

यस्तै सिफारिस भएका कुमार रेग्मीले पुणे ल कलेजबाट एलएलएममा टप गरेका थिए । उनी संवैधानिक कानुन व्यवसायी मञ्चका पूर्व अध्यक्ष समेत हुन् ।

टिप्पणी लेख्नुहोस्