मौसमविद्हरुको टोली बारा र पर्सा जाने
त्रिशुलीखबर
April 3, 2019


काठमाडौं । आईतबार साँझ एक्कासी आएको हावाहुरीले ठुलो मात्रामा जनधनको क्षति भएपछि सो को अध्यायन गर्न मौसमविद्हरुको टोली बुधबार बारा र पर्सा जाने भएका छन् । वरिष्ठ मौसमविदहरु सुजन सुवेदी र अर्चना श्रेष्ठसहित अन्य मौसमविद्हरुको टोलिले हावाहुरी प्रभावित क्षेत्रको स्थलगत अध्यायन तथा अवलोकन गर्ने छन् ।

आईतबार साँझ बारा र पर्सामा ४८ नटको वेगले आँधी आएको मौसमविदहरूले अनुमान गरेका छन् । यद्यपी कतिको वेगले हावाहुरी आयो । के कारण आयो भन्नेबारे निर्क्यौल भएको छैन । सानो क्षेत्रमा मात्रै क्षति पुग्ने गरी हावाहुरी आउनु सामान्य विषय नभएकाले यसको अध्यायन आवस्यक भएको मौसमविद्हरुको भनाई छ ।

मौसमविद सुजन सुवेदी भने – “प्रि–मनसुनका कारण वायु मण्डलमा न्यून चापिय क्षेत्रको स्थापना भएर पोखराको आकाशमा नयाँ बादल विकास भएर त्यसपछि त्यो बादल दक्षिण पूर्वतर्फ बहेका कारण यसको प्रभाव बारा र पर्सामा परेको हुन सक्छ ।”
पूर्वनिर्धारित तालिका अनुसार गृह जिल्ला पगेका प्रधानमन्त्री केपी शर्मा ओलीले झापाका सम्पुर्ण कार्यक्रम स्थागित गरेर सोमबार नै प्रभावित क्षेत्रको हवाइनिरिक्षण गरेका छन् ।

त्यस्तै मंगलबार मात्रै नेपका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सो क्षेत्रको अवलोकन तथा पीडितहरुसँग भेट गरेका थिए । यसैगरी नेपाली कांग्रेसका सभापति देउवाले पनि स्थलगत निरिक्षण गरी पीडितहरुलाई राहातस्वरुप पच्चीसलाख दिने घोषण गरिसकेका छन् ।

टिप्पणी लेख्नुहोस्