न्यायाधीश नियुक्ति गर्ने अधिकार न्याय परिषदको : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा

न्यायाधीश नियुक्ति गर्ने अधिकार न्याय परिषदको : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा

त्रिशुलीखबर
April 4, 2019


विराटनगर, सभापति देउबाले न्यायाधीश नियुक्ति गर्ने अधिकार न्याय परिषदको भएको र न्याय परिषदले गर्ने निर्णय राजनीति भन्दा बाहिर हुनुपर्ने बताए ।

उनले न्यायाधीश नियुक्त भएपछि राजनीति गर्न नहुने र उनीहरुले राजनीतिज्ञबाट निर्देशित भएर काम गर्न नहुने जिकिर गर्नुभयो । उनले न्यायाधीश नियुक्ति भएको बारे आफुले थप बुझ्ने प्रक्रियामा रहेको जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफुले पार्टीको विशेष महाधिवेशन नबोलाउने र कसैले बोलाए आफु फेस गर्न तयार रहेको स्पष्ट पारे।

बिहीवार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति देउबाले केही सभापति मिलेर बैठक गरेको भएपनि उनीहरुलाई अनुशासनको कारवाही भने नगरिने जानकारी दिए । उनले भने ‘गिरिजाबाबु भएको भए अनुशासनहिन काम गर्नेलाई पार्टीबाट निकालिसक्नु हुन्थ्यो तर म भने त्यसो गर्दिन । ’

 

टिप्पणी लेख्नुहोस्