प्रधानमन्त्री ओली सँग प्रदेशका मुख्यमन्त्रीहरुकाे भेट
त्रिशुलीखबर
April 4, 2019


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन्।

छलफलमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने बताए । नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने बताए ।

“कार्यक्रमहरू नदोहोरिउन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषद्को बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ” बजेट र योजनाहरुको डुप्लिकेसन नहोस् भन्नका लागि प्रधानमन्त्रीले राष्ट्रिय समन्वय परिषदको बैठक आगामी बैशाख १२ र १३ गते बोलाउने तयारी भएको छ । “

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद्को अघिल्लो बैठकले पास गरेका २९ बुँदेको कार्यन्वयन तदारुकताका साथ गरिने बताए । ।

सात प्रदेशका मुख्यमन्त्रीहरुले यसअघि अन्तरप्रदेश समन्वय परिषद बैठकले निर्णय गरेका २९ बुँदे कार्यायोजना कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमा मुख्यमन्त्रीहरुले जारी राष्ट्रिय विकास परिषदको बैठक र त्यसमा समेट्नुपर्ने विषयमा समेत प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।

टिप्पणी लेख्नुहोस्