देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने
त्रिशुलीखबर
April 5, 2019


काठमाडौं । सरकारी  चिकित्सक संघ (गोदान)को  बुधबार डाकेको आकस्मिक बैठकले समायोजनको विरोध गर्दै देशभरका अस्पतालमा  आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको थियो।
सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित गरेको भन्दै सरकारी चिकित्सकले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमतिविपरीत कर्मचारी समायोजन भएकोमा असहमति जनाउँदै सरकारी चिकित्सक संघ (गोदान)ले शुक्रबारदेखि सेवा ठप्प पार्ने निर्णय गरेको गोदानका महासचिव डा रविन खड्काले बताएका छन् ।

यसकासाथै माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने चेतावनी समेत दिँदै आएका छन् । समायोजनका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरु नै चिकित्सकविहीन हुने अवस्था आएको भन्दै निर्णय सच्याउनु पर्ने गोदानको भनाइ छ ।

टिप्पणी लेख्नुहोस्