स्थगित (एसईई्) परीक्षा आजदेखि सञ्चालन
त्रिशुलीखबर
April 5, 2019


काठमाडौं । चैत्र १० देखि शुरु एसईई अन्तर्गत चौथो दिन विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि उक्त विषयको भइसकेको परीक्षा रद्द गरिएको थियो । यसैगरी पाचौं दिनको सामाजिक विषयको पनि परीक्षाअगावै प्रशनपत्र बाहिरिएपछि स्थगित गरिएको थियो ।

प्रश्नपत्र परीक्षाअगावै बाहिरिएपछि प्रदेश २ मा स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई्) आजदेखि सञ्चालन भइरहेको छ ।

रद्द भएको विज्ञान विषयको परीक्षा आज सुरु भएको हो । बाँकी विषयको परीक्षाहरु भोलिबाट गर्ने परीक्षा बोर्डले जनाएको छ । परीक्षामा कडाइ गरिएको छ । परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक अन्यलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ ।

बोर्डका अनुसार भोलि शनिबार सामाजिक विषयको परीक्षा हुनेछ । त्यसैगरी आइतबारदेखि ऐच्छिक विषयका परीक्षाहरु सञ्चालन हुनेछन् । स्थगित भएका परीक्षाहरु चैत २९ गतेसम्म चल्नेछन् ।

टिप्पणी लेख्नुहोस्