हुरी पीडितलाई वर्षाअघि घर बनाइ दिने सकारको निर्णय,
त्रिशुलीखबर
April 5, 2019


काठमाडौं ः बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले वर्षायामअगावै बेघरबार भएकालाई घर निर्माण गर्नका लागि योजना बनाएर आवास निर्माण गर्ने निर्णय भएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

गत आइतबार रातिको हावाहुरीबाट घरबार गुमाएका बारा र पर्साका पीडितका लागि घर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको छ।
संचार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका प्रवक्ता बाँस्कोटाले घर निर्माणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाका प्रतिनिधि र सहरी विकास मन्त्रालयका प्रतिनिधिसहित पाँच सदस्यीय समिति पनि गठन गरिएको जानकारी दिए।

प्रदेश सरकारले हुरी आएलगत्तै प्रिफ्याब घर बनाइदिने निर्णय गरेको थियो। तर, संघीय सरकारले भने व्यवस्थित र पक्की घर बनाउनका लागि नेपाली सेनालाई जिम्मेवारी दिएको बताइएको छ।

टिप्पणी लेख्नुहोस्