डलरसहित विमानस्थलका क्याफे सञ्चालक सुवास श्रेष्ठ सहित परिवारै पक्राउ
त्रिशुलीखबर
April 6, 2019


काठमाडौं  : काठमाडौं त्रिभुवन विमानस्थलबाट अवैध डलरसहित विमानस्थलका क्याफे सञ्चालक सुवास श्रेष्ठ सहित परिवारै पक्राउ परेका छन् ।

शुक्रवार दिउँसो ठूलो परिणाममा अवैध डलर बोकेर थाइल्याण्ड जाँदै गरेका अवस्थामा परिवारसहित श्रेष्ठलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन् ।

अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शनिवार विहान ७ बजे सञ्चार माध्यममा प्रेश रिलिज पठाएर सुवास श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको बताएको छ ।

विमानस्थल सुरक्षा कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोर्डिङ गेट नम्बर–५ बाट पक्राउ परेका सुवास श्रेष्ठलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईने छ ।’

शुक्रवार मध्यान्ह पौने २ बजे थाई एयरको फ्लाईट नम्बर टिजी–३२० मार्फत श्रेष्ठ परिवारका पाँच सदस्यसहित बैंकक जाँदै थिए । उनले ठूलो परिणाममा अवैध डलर बोकेको सुराकी पाएपछि विमानस्थलमा कार्यरत सिभिल प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

टिप्पणी लेख्नुहोस्