पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज
त्रिशुलीखबर
April 11, 2019


काठमाडौं, चैत २८ । सरकारले पाँच विकास क्षेत्र अन्तगर्त रहेका क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको जानकारी दिएका छन ।

मन्त्रिपरिषद् बैठकले दीपायल, धनकुटा, हेटौडा, पोखरा, र सुर्खेतमा रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको मन्त्री बास्कोटाले बताएका छन ।

ती सबै कार्यालयमा रहेका सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत जाने उनले बताएका छन ।

टिप्पणी लेख्नुहोस्