एकजना नेपालीको थाप्लोमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋण
त्रिशुलीखबर
April 12, 2019


काठमाडौं, चैत २९ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार २०७४/७५ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएपछि शुक्रबार नै महालेखा परीक्षकको कार्यालय बबरमहलमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो।

प्रतिवेदनका अनुसार यस वर्ष हरेक नेपालीको थाप्लोमा ७ हजार ४३ रुपैयाँ ऋण थपिएको छ। यसअघि हरेक नेपालीको थाप्लोमा २४ हजार ७ सय ७ रुपैयाँ ऋण रहेकामा यस वर्ष ३८ हजार ७ सय ९३ रुपैयाँ ऋण पुगेको हो।

टिप्पणी लेख्नुहोस्