समिट एयरको बिमान दुर्घटना ग्रस्त : विस्तृत विवरण आउँन बाँकी छ।
त्रिशुलीखबर
April 14, 2019


सोलुखुम्बु : लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलमा समिट एयरको बिमान दुर्घटना भएको छ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको जानकारी अनुसार उड्न लागेको समिट एयरको बिमान पार्किङ गरि राखिएको हेलिकप्टरसँग ठेक्किँदा दुर्घटना भएको जानकारी दिए।

विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन। प्रत्यक्षर्शीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ। वृस्तृत विवरण आउँन बाँकी छ।

टिप्पणी लेख्नुहोस्