लुक्ला विमानस्थलमा हेलिकाेप्टरसँग जहाज ठाेक्कियाे, अपडेट : ३ जनाको मृत्यु ,
त्रिशुलीखबर
April 14, 2019


सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला विमानस्थलमा हेलिकोप्टर र विमान एकआपसमा ठोक्किँदा को(पाइलटसहित ३ जनाको मृत्यु भएको हो ।

घटनामा का‍े(पाइलट र सुरक्षाकर्मीसहित ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् ।

समिट एयरको प्लेन उडान भर्ने क्रममा रनवेमा रहेको श्री एयरको हेलिकोप्टरसँग ठोक्किएर सो दुर्घटना भएको हो । आइतबार बिहान करीब ९ बजेर ५ मिनेट जाँदा बिमान दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो

मृत्यु हुनेमा विमानस्थल सुरक्षा गार्डका लागि खटिएका दुई जना प्रहरी र समिट एयरका को(पाईलट रहेका छन् । घाईते हुनेमा मनाङ एयर हेलिकोप्टरका पाइलट र समिट एयरको पाइलटसहित रहेको बताइएको छ ।

विमानमा २ जना यात्रु र ३ जना क्रु मेम्बर सवार थिए । विमान लुक्लाबाट रामेछापको मन्थली उड्ने क्रममा रनवेबाट चिप्लिएर हेलिप्याडमा भएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टरमा प्रहरी टोली गएर उद्धार कार्य जारी रहेको छ । घाइतेको उपचार पासाङल्हामु निकोलनिकी अस्पताल लुक्लामा भैरहेको छ ।

टिप्पणी लेख्नुहोस्