‘आई लभ यू’ बोलको गीतमाथि म्यूजिक भिडियो तयार
त्रिशुलीखबर
April 15, 2019


काठमाडौं । कृष्ण राउतको नयाँ गीत आई लभ यू बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज भोलिको युबा पिडिमा प्रेम र पेमीका बिचमा कस्ता सम्बन्धहरु हुन्छन् । लामो समय प्रेममा बाँधिए पनि बैबाहिक जीबनमा परिनत गर्न कति कठिन हुन्छ । मायाँमा कसरी एकले अर्कालाई फकाउन सकिन्छ, र आकर्षित गर्न सकिन्छ भन्ने बिषय यो गीतमा रमाइलो ढंगबाट प्रस्तुत गरेको छ ।

केटाले आफूले माया गरेको मान्छेलाई भगाएर भने पनि लाने सम्मको सोच्छ तर केटीले भने आफूले माया गरेर पनि कसरी कसरी ऊ बाट धेरै माया पाउन सकिन्छ भनेर घुर्काउने जस्ता कुराहरुले यो गितमा भरपुर मनोरञ्जन प्रदान गरेको छ

उक्त गीतको शब्द रञ्जिता गौतमको रहेको छ भने संगित कुल्बा सुब्बाले गरेका छन् । कृष्ण राउत र मेलिना राईको स्वरमा सजिएको यो गीतको एरेन्ज संजय हमालले गरेका छन् ।

गायीका मेलिना राई अहिलेको चर्चित गाइका हुन् । उनीले हजारौ गीत गाई सकेर अहिले पनि चर्चाको शिखरमा छिन् । यता गायक कृष्ण राउत एक सफल ब्यवसायिक हुन् । राउत आफ्नो ब्यवसायको अलावा नेपाली गीत संगीतलाई पनि उत्तिकै माया गर्छन् र महत्व दिन्छन् । पछिल्लो समय नेपाली समाजमा घटित विभिन्न घट्नालाई समेटिएका र मनोरञ्जनात्मक गीतहरु बादल, यो मन मान्दैन नामक लगायतका धेरै गीत लेख्ने , संगीत भर्ने र गाउने गरी सकेका छन् , अन्य गीतहरु क्रमश बाहीर ल्याउने तयारीमा जुटेका छन् । बाल्यकालबाट नै गीत संगितलाई असाध्यै माया गर्ने राउत जसरी अन्य व्यवसायमा सफल रहे त्यसरी नै गीत संगीतमा पनि सफल बन्ने देखिन्छ ।

उनि भन्छन् :  गीत संगितबाट सफलता पाउने मेरो सपना हो । म कडा साधना गर्छु र स्रोता तथा दर्शकको मन मुटुमा बस्न चाहान्छु अबश्य पनि मलाई सबैले माया गर्ने छन् । म बिश्वस्त छु ।

कृष्ण राउतको नयाँ गीत आई लभ यू भनेको बोलको गीतमा दिलिप राईको कोरियो ग्राफर रहेको छ । कलाकार अनुराग ठकुरी र नग्मा श्रेष्ठले मुख्य भूमिकामा नृत्य तथा अभिनय गरेका छन् भने अन्य ३० जना भन्दा माथि कलाकारहरुले सुन्दर नृत्यकलामा साथ दिएका छन् । सुरज खनालले छायाँ«ङ्न गरेको यस गीतको निर्देशन सुरज इन्टरटेन्मेन्टले गरेको छ । भने सुरज इन्टरटेन्मेन्टको च्यानल बाट नै यो गीत सार्बजनिक गरेको छ ।

 

टिप्पणी लेख्नुहोस्