बालुवाटारको जग्गा खरिद गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउछौँ :मन्त्री बास्कोटा
त्रिशुलीखबर
April 16, 2019


काठमाडौं, बैशाख ३ । सञ्चारमन्त्री गोकुल बास्कोटाले बालुवाटारको जग्गा खरिद गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउने बताएका छन् । रुपन्देहीको मणिग्राममा प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारी जग्गा संरक्षण गर्ने सरकारको दायित्व रहेकाले सरकार पछि नहट्ने बताएका छन ।

‘अहिले त्यो जग्गा बेचविखन र हस्तान्तरण गर्नका लागि रोक लगाएको छ, त्यो मात्रै होइन सिराहाको पनि ३८ बिगाहा जग्गा पनि त्यस्तो रहेछ, त्यो सरकारले आफ्नो मातहतमा ल्याउँछ’, उनले भने ।

मन्त्री बास्कोटाले दल र विचारका आधारमा सरकार नतमस्तक हुन नसक्ने बताएका छन ।

‘सरकारी सम्पत्ति दुरुपयोग गर्ने कोहीकसैप्रति कुनै पद वा ओहदा, कुनै दल वा विचारप्रति नतमस्तक हुन सक्दैन’, उनले भने ।

उनले आफूले बालुवाटारको जग्गा खरिदमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिनेबारेमा आएको समाचारहरुको खण्डन गरेका छन ।

‘मैले सरकारले क्षतिपूर्ति दिन्छ भन्ने कुरा गरेको थिइन’, उनले भने, ‘उहाँले खरिद गरेको जग्गा त सरकारी रहेछ, त्यो बिक्री गर्नेले क्षतिपूर्ति दिनुपर्ला नि भनेको हो, त्यसलाई त्यसैगरी बुझ्नुपर्‍यो ।’

टिप्पणी लेख्नुहोस्