मैले हिन्दू राष्ट्र हुनुपर्छ भनेर बोलेको छैन : महामन्त्री कोइराला
त्रिशुलीखबर
April 16, 2019


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफूले कहिल्‍यै पनि नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेर नबोलेको स्पष्ट पारेका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा जनजागरण अभियानबारे आयोजित पत्रकार सम्‍मेलनमा बोल्दै उनले भने, ‘मैले हिन्दू राष्ट्र हुनुपर्छ भनेर कहिल्‍यै बोलेको छैन। कही कतै आएको भए त्यो गलत भएको हो।’

यसका साथै उनले धर्म स्वतन्त्र हुने बताउँदै नेपाली कांग्रेसको चार तारा मध्‍ये एक तारा धार्मिक स्वतन्त्रताको प्रतीक रहेको बताएका छन । उनले भने, ‘
‘धर्म स्वतन्त्र हुन्छ, नेपाली कांग्रेसको चार तारामध्‍य एक तारा धार्मिक स्वतन्त्रताको प्रतिक हो।’

नेपालमा धर्मान्तर भइरहेको बेला महामन्त्री कोइरालाले यसको लहरलाई रोक्‍नु पर्ने बताएका छन ।

टिप्पणी लेख्नुहोस्