निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा उजुरी
त्रिशुलीखबर
April 16, 2019


काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिसमा परको दिनेशचन्द्र थपलिया र समावेशी अयोगमा सिफारिस विष्णुमाया ओझालाई सुनुवाइको लागि बुधबार दिउँसो बोलाएको छ ।

मंगलबार बसेको समितिको बैठकले निर्वाचन प्रमुख आयुक्त र समावेशी अयोगमा सिफारिस भएका दुवै जनालाई दिउँसो २ बजेका सुनुवाइका लागि बोलाएको समिति सदस्‍य निरुपा देवी पालले बताएकी छन ।

उनका अनुसार सिफारिसमा थपलियाविरुद्ध उजुरी दिनेहरुलाई बुधबार विहान ११ बजे छलफलका लागि बोलाएको छ । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा उजुरी परेको छ ।

यसअघि विपक्षी दलको नेताले हैसियतले परिषद्को बैठकमा शेरबहादुर देउवाको उपस्थित नहुँदा पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय गरेको भन्दै कांग्रेसका सांसदले आपत्ति जनाउँदै आएको थियो । यस्तै सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशहरुको सुनुवाइ बिहीबार गर्ने बताएको छ । न्यायपरिषदले कानून व्‍यवसायी कुमार रेग्मी, हरि फुयाल, मनोजराज शर्मा र उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई सर्वोच्च अदालतको न्‍यायाधीश सिफारिस गरेको थियो । उनीहरुविरुद्ध ५ वटा उजुरी परेको छ ।

टिप्पणी लेख्नुहोस्