विवेकशील नेपाली दलका अध्यक्ष थापासहित १७ जना पक्राउ
त्रिशुलीखबर
April 17, 2019


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा रहेको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेको भन्‍दै राष्ट्रिय झण्डासहित पुगेका विवेकशील नेपाली दलका कार्यकर्तालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन ।
उनका अनुसार विवेकशील नेपाली दलका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिनेक्रममा विवेकशीलका नेता कार्यकर्ताहरुले सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पाउने नागरिकको हकमाथि हनन् भएको सरकारविरुद्ध नाराबाजी गरेका थिए।

यता, विवेकशील नेपाली दलका अध्यक्ष थापाले देशभरीका सरकारी जग्गा भूमाफियाको कब्जामा परेकाले आफूहरुको गम्भीर ध्‍यानाकर्षण भएको र सोही अनुरुप देशभर राष्ट्रि झण्डा गाड्‍ने अभियान चलाउनु परेको बताएका छन । उनले भने, ‘सरकारी जग्जामा पार्टीङ्को व्‍यक्तिको पहुँच हुनुले सरकार भ्रष्टाचारी भएको स्वतस् देखाउँछ। यसले देशमा ठूलो भ्ष्टाचार मौलाएको प्रमाण पुष्टि हुन्छ।’

टिप्पणी लेख्नुहोस्