‘कुटुमा कुटु’लाई १० करोड
त्रिशुलीखबर
April 24, 2019


काठमाडौं । फिल्म ‘दुई रुपैँया’मा समावेश कुटुमा कुटु बोलको गीतले एतिहासिक रेकर्ड बनाएको छ । युट्यूबमा सर्वाधिक भ्यूज पाएकोले यस गीतले नयाँ रेकर्ड बनाउन सफल भएको हो ।

आजसम्म कुनै पनि नेपाली गीतले युट्यूबमा १० करोड भ्यूज पाएको थिएन । यस गीतको रेकर्ड ब्रेक गर्न अन्य गीतहरूलाई निक्कै कसरत गर्नु पर्नेछ ।

‘कुटुमा कुटु’ बोलको गीतमा राजनराज सिवाकोटी, मेलिना राई र राजन इसानको स्वर रहेको छ भने शब्द तथा संगीत गायक सिवाकोटीकै रहेको छ । कविराज गहतराजको कोरियाग्राफीमा निश्चिल बस्नेत, आसिफ शाह र स्वस्तिमा खड्काले नृत्य गरेका छन् । गीतले १० करोडबढी भ्यूज पाउँदा संगीतकार सिवाकोटीले दर्शकलाई धन्यवाद दिएका छन् ।

टिप्पणी लेख्नुहोस्