हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल फाइनलमा
त्रिशुलीखबर
April 27, 2019


काठमाडौँ । थाइल्याण्डमा जारी १६ वर्षमुनिको एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा हङकङलाई चार विकेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ।

पहिले व्याटिङ गरेको हङकङले ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८६ रन बनाएको थियो। ८७ रनको लक्ष्य पछ्याएको नेपालले २१ ओभर ४ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो।

नेपालका लागि आशिष भट्टराईले १७, रोहन दुधराजले १४, दीपक बोहोराले ११ र सुवास ऐरले १० रनको योगदान दिए। बलिङतर्फ नेपालका निखिल कुमार सिंहले चार तथा रमेश कुर्मी र विशालकुमार पटेलले दुई–दुई विकेट लिए।

टिप्पणी लेख्नुहोस्