पत्रकार रवि लामिछाने बारे चलचित्र ‘मन्द मन्द’ बन्दै !
त्रिशुलीखबर
April 27, 2019


काठमाडौँ । पछिल्लो समय चलचित्र रेसम फिलिलीबाट निक्कै चर्चामा आएका नायक विनय श्रेष्ठ फेरी नयाँ चलचित्र ‘मन्द मन्द’ मा अनुबन्धित भएका छन् । चलचित्र ‘रोमियो एण्ड मुना’ पछि पर्दामा नदेखिएका उनी पहिलो सन्तानको आगमनसँगै फिल्ममा फर्किएका छन् । यस चलचित्रमा विनयले पत्रकार रवि लामिछानेको भूमिकामा देखिने भएका छन् ।

रुद्राक्ष फिल्मसको ब्यानरमा रुद्र खनालले निर्माण गर्न लागेको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गर्न लागेको छन् । चलचित्रमा विनयसँगै रविन्द्र झा, प्रमोद अग्रहरि र राजाराम पौडेल अनुबन्धित भएका छन् ।

यो चलचित्र बैशाख तेस्रो सातादेखि फ्लोरमा जाने र चलचित्रको छायांकन काठमाडौँसहित पश्चिम नेपालमा हुने निमार्ण टिमले बताएको छ ।

टिप्पणी लेख्नुहोस्