चौंरीको आलो रगत खाने मेला सुरु, स्थानीयको ठूलो भिड (डकुमेन्ट्री हेर्नुहोस्)
त्रिशुलीखबर
April 29, 2019


मुस्ताङ । मुस्ताङको बोक्सीखोलामा चौंरीको आलो रगत खाने मेला सुरु भएको छ । मुस्ताङका विभिन्न ठाउँहरुमा बर्सेनि रगत खाने मेला आयोजना हुदै आएको छ । यस मेलामा चाैंरीको रगत खान स्थानीयको ठूलो भिड लाग्नेगर्छ ।

हिमाली लेकका चौंरीले पाँचऔंले, निरमसी, जटामसी र यार्सागुम्बाजस्ता जटीबुटी खाने हुँदा उक्त रगतले पेटसम्बन्धी रोग निको भई शारीरिक स्फूर्ति बढ्ने, स्वास्थका लागि लाभकर हुने तथा प्राकृतिक उपचार हुने जनविश्वास रहेको छ ।

कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडकको पश्चिमतर्फको नदी किनारमा मेला लाग्नेगर्छ । पशुको स्वास्थ्य अवस्था परीक्षण गरेर रगत निकालिने एक चाैंरी व्यवसायी बताउँछन् ।

वसन्त ऋतुको सन्तुलित याममा खर्कबाट बस्तीछेउ झारिने चौंरीको रगत बिक्री गर्ने यहाँको पुरानो प्रचलन हो ।

चाैंरीको रगत खाने प्रचलनसँग सम्बन्धित डकुमेन्ट्रीः

टिप्पणी लेख्नुहोस्