कवि क्षितिज थापामगरको ‘सरकार’ कविता
त्रिशुलीखबर
April 29, 2019


कविः क्षितिज थापामगर


शिर्षकः सरकार

हिँडे भन्छ
दगुरें भन्छ
गन्तब्य पुगें भन्छ,
अझ ताली बजाओ भन्छ
तर, उसलाई म जहाँको त्यही देखीरहेछु,

खनेँ भन्छ
जोतें भन्छ
रोपें भन्छ,
ल, अब बाली भित्राओ भन्छ
तर, म खेत बाँझो-बाँझो देखीरहेछु,

मूल फुटाएँ भन्छ
पाईप विछ्याएँ भन्छ
धारो बनाएँ भन्छ,
ल, अब धारो खोल भन्छ
ल, अब पानी थाप हो भन्छ
तर, म न धारो देखीरहेछु, न टुटी देखीरहेछु,

यो रोऊँ रोऊँ कि ? जस्तो
यो हाँसु हाँसु कि ? जस्तो
यो, जात्रा-जात्रा जस्तो
यो मजाक-मजाक जस्तो
गरिरहने/गराइरहने पक्कै यो मेरो देशको सरकार हुनुपर्छ ।।

टिप्पणी लेख्नुहोस्