बिवाहका लागि रणबीर कपूर र आलिया ‘लिभिङ टुगेदर’मा बस्दै
त्रिशुलीखबर
April 30, 2019


काठमाडौँ । बलिउडका चर्चित अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह बारे हल्ला बाहिरिएको छ । फिल्म ब्रम्हास्त्रको शुटिङका क्रममा यी जोडी नजिकिएका थिए ।

अहिले आएर यी जोडीको हालै गोप्य इनगेजमेन्ट भएको खबर सनसनीपूर्ण रुपमा बाहिरिएको छ । रणबीरका बुबा ऋषि कपुरले पनि आफ्नो छोराको लागि आलिया राम्रो केटी भएको स्विकार गरेका छन् ।

उनले रणबीरकी आमाले पनि आलियालाई अत्यन्त मन पराउने बताएका छन् ।

पछिल्लो समय विवाहको हल्ला चलेपछि आलिया र रणबीर कपूर भने लिभिङ टुगेदरमा बस्ने भएका छन् । रणबीरकी आमा नितुका अनुसार विवाहको लागि एकअर्कालाई बुझ्न थप जरुरी रहेकाले लिभिङ टुगेदरमा बस्न सुझाव दिएको बताइन् ।

उनीहरु अब छिट्टै लिभिङ टुगेदरमा बस्ने नीतुको भनाइ छ । हाल उनीहरु नयाँ घरको खोजीमा रहेका छन् ।

टिप्पणी लेख्नुहोस्