क्रिष्टियानो रोनाल्डोले किने विश्वको सबैभन्दा महंगो कार
त्रिशुलीखबर
May 1, 2019


काठमाडौँ । विश्व प्रख्यात फुटबलर क्रिष्टियानो रोनाल्डोले विश्वकै सबैभन्दा महंगो कार किनेका छन् । उनले ‘बुगाटी ला भुइचर नोयर कार’ किनेका हुन् ।

डेलिमेलका अनुसार यो कारको मूल्य ९५ लाख पाउण्ड अर्थात् नेपाली रुपैँया १ अर्ब ३८ करोड २५ लाख पर्छ । यो अहिलेसम्म बनेका कारहरुमध्ये सबैभन्दा महंगो भएको बताइन्छ ।

अहिलेसम्म यो कार बजारमा आएको छैन । यो नै पहिलो कार हो । यसलाई जेनेभा मोटर शो २०१९ मा प्रदर्शन गरिएको थियो ।

बुगाटीले अहिले यो कारको एक मात्र प्रोटोटाइप निर्माण गरेको बताइएको छ । कम्पनीको ११० औं स्थापना दिवसको अवसरमा बनाइएको यही एकमात्र सुपरकार रोनाल्डोले किनेका हुन् । रोनाल्डो महँगा कारका सौखिन छन् र उनीसँग कलेक्सनमा पहिलेनै महँगा कारहरु छन् ।

टिप्पणी लेख्नुहोस्