कट्रीनाले भाबुक हुँदै भनिन्ः अब एक्लै बस्न सक्दिन, मेरो मन बुझ्ने केटा चाहियो !
त्रिशुलीखबर
May 2, 2019


काठमाडौँ, १९ वैशाख । बेलायतमा बस्दैं आएकी कट्रीना कैफ भारतीय मूलकी अमेरिकी नागरिक हुन् । लामो समयदेखि बलिउडमा काम गर्दै आएकी कैफ अब आफु एक्लै बस्न नसक्ने बताउँछिन् । कट्रीनाले एक अन्तर्वार्ताको दौरानमा आफु एक्लै वस्न नसक्ने बताएकी हुन् ।

उमेरले तीस वर्ष पार गरेकी उनलाई चाहनेको संख्या ठूलै रहेको छ । क्याट्रीनाले अहिले एक मनमिल्ने केटा चाहेको बताएकी छिन् ।

बलिउडमा चर्चा भएअनुसार उनको सलमान खानसँग प्रेम सम्बन्ध रहेको थियो । तर, त्यो विवाहमा परिणत हुन सकेन । पछिल्लोसमय उनी रणवीर कपुरसँग सम्बन्धमा थिइन् । त्यो सम्बन्ध पनि लामोसमय रहन सकेन ।

उक्त अन्तर्वार्तामा आफुले आजसम्म कसैसँग डेटमा नगएको स्पष्ट पारेकी छिन् । सलमान खानसँग सँगै अभिनय गर्दै गर्दा कैंफको खानसँग बिवाह हुने खबरले बजार खुबै तताएको थियो । उनले आफु आजसम्म एक्लो हुनुमा आफै दोषी रहेको भनेकी छिन् । आफु अलिक जिद्धी स्वभावको भएको भन्दै उनले मन मिल्ने र भावना बुझ्ने केटा नपाएको बताइन् । तर, अब आवश्यक्ता जस्तै भएको उनले सुनाइन् ।

–एजेन्सी

टिप्पणी लेख्नुहोस्