दोस्रो पटक विवाह गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’
त्रिशुलीखबर
May 5, 2019


काठमाडौँ, २२ बैशाख । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्डले आगामी वैशाख २६ गते सीतासँग विवाह भएको ५० वर्ष पुग्ने अवसर पारेर फेरि विवाह गर्न लागेका हुन् ।

वैशाख २६ गते प्रचण्डले सीतालाई औपचारिक रुपमै सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको बताइएको छ । २०२६ साल वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको थियो ।

छोरा प्रकाश दाहालको निधनपछि अस्वस्थ भएकी सीताको स्वास्थमा सुधार हुने अपेक्षासहित प्रचण्डले पुनः विवाह गर्न लागेको श्रोतको दावी छ ।

टिप्पणी लेख्नुहोस्