नीति तथा कार्याक्रम आज पारित गर्ने तयारी
त्रिशुलीखबर
May 7, 2019


काठमाडौँ । आगामी आर्थिक वर्ष (आर्थिक वर्ष २०७६/०७७) को नीति तथा कार्याक्रम मंगलबार संसदबाट पारित गर्ने तयारी छ । सरकारको तर्फबाट गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यत्रममा आइतबारदेखि संसदमा छलफल हुँदै आएको छ ।

मंगलबार बिहान ११ बजे बस्ने संसदको बैठकमा बोल्न बाँकी केही सांसदले आफ्ना विचार प्रस्तुत गर्ने छन् ।

त्यसपछि नीति तथा कार्यक्रमका सम्बन्धमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ । प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्