‘रातेलाई यो केटी मन पर्यो !’
त्रिशुलीखबर
May 7, 2019


काठमाडौँ, २४ वैशाख । चिनो फिल्मबाट राते काइँलाको उपमाले चर्चित उर्फ सुनिल थापा आफ्नो विवाहको ३० औं वर्षगाँठ मनाइरहेका छन् । थापा दम्पत्ति तीन दशकअघि आजैका दिन (अक्षय तृतीया) विवाहबन्धनमा बाँधिएका थिए ।

रजनी सुब्बासँग बिवाह गरेका थापा दम्पत्तिका अनमोल र प्रिसियस गरी एक छोरा र एक छोरी छन् ।

‘एक दुजे के लिए’ हिन्दी फिल्मबाट आफ्नो क्यारियर सुरु गरेका थापाले त्यसपछि पनि थुप्रै हिन्दी फिल्ममा अभिनय गरेका थिए । केही वर्षअघि प्रियंका चोपडासँग उनले खेलेको ‘मेरीकोम’ फिल्म सुपरहिट भएको थियो । उक्त फिल्मले बलिउड र कलिउडमा राम्रै प्रशंसा बटुलेको थियो ।

२०४८ सालमा निर्मित ‘चिनो’ चलचित्रबाट राते काइँला बनेर नेपाली रजतपटमा लोकप्रिय बनेका थापाले सयौं चलचित्रमा अभिनय गरिसकेका छन् । तुलसी घिमिरे निर्देशित चलचित्र चिनोमा उनले बोलेको ‘रातेलाई यो कुरा मन परेन’ सर्वाधिक हिट डाइलग हो । यस चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, कृष्टि मैनाली, शर्मिला मल्ललगायतले अभिनय गरेका थिए ।

टिप्पणी लेख्नुहोस्